सोमबार, असार २,२०८२ 02:41:25
  • सोमबार, असार २,२०८२ 02:41:25
Global IME Bank Limited

एक बोरा नोट लग्दा एक थैलो सामान,एक वर्षमा ४ गुणाले घटिसक्यो मुद्रा,कुन देशको बन्यो यस्तो नाजुक अवस्था ?

Hyundai Nepal
एक बोरा नोट लग्दा एक थैलो सामान,एक वर्षमा ४ गुणाले घटिसक्यो मुद्रा,कुन देशको बन्यो यस्तो नाजुक अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । कुनैबेला अर्जेन्टीना विश्वको धनी देशहरुको सूचीमा पर्ने गर्थ्यो । यो देशको सम्पन्नता त्यसबेला प्रचलनमा रहेको भनाई,‘ य्याज रिच य्याज अर्जेन्टीना’बाट अनुमान लगाउन सकिन्छ । १९ औं शताब्दीको अन्त्य र २० औं शाताब्दीको सुरुवात सम्पूर्ण युरोपबाट मानिसहरु अर्जेन्टीना आएका थिए ।  

तर अहिले अर्टेन्टीनाको अवस्था यहाँसम्म खराब भईसक्यो कि एक बोरा पैसा लगेर जादा पनि एक थैलो सामान आउँदैन । अहिले विश्वको सबैभन्दा धेरै गरिबी यहि देशमा व्याप्त छ । अर्जेन्टीनमा महंगाईदर २७६ प्रतिशत छ । यहाँको मुद्राको मूल्य अमेरिकी डलरको तुलनामा गत एक वर्षको अवधिमा ४ गुणाभन्दा धेरैले घटिसकेको छ ।  

अहिले एक अमेरिकी डलरको मूल्य ८५० पेसो(अर्जेन्टीनाको मुद्रा)बराबर छ । अर्जेन्टीनासँग नगद मौज्जाद छैन । सरकारमाथि कर्जाको भारी र यहाँको करीब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् ।  

जेभिएर मिलेईको नेतृत्वको सरकारले गत वर्ष देशको बागडोर आफ्नो हातमा लिएको थियो । सरकार गठनको केहि दिनपछि देशको लामो समयदेखिको आर्थिक समस्यालाई समाधान गरिने घोषणा गरिएको थियो । देशका वित्तमन्त्री लुईले स्वदेशी मुद्राको ५० प्रतिशतभन्दा धेरै अवमूल्यन हुने बताएका थिए । यसबाट एक डलरको मूल्य एकै झट्कामा ८०० पेसोभन्दा अधिक भयो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मिलेईले चुनावी दौडका बेला देशलाई आर्थिक संकटबाट बाहिर निकाल्नका लागि केहि कडा कदमहरु उठाउनुपर्ने बताएका थिए । र यसको सुरुवात पेसोको अवमूल्यनबाट हुने उनले बताएका थिए । यसका साथै उनले सरकारी खर्चमा भारी कटौती गर्ने घोषणा गरेका थिए । यसमा इन्धन र यातायात छुट अन्त्य गर्ने विषयहरु समावेश थिए ।  

तर यी उपायहरुका बाबजुत पनि अर्जेन्टीनाको महंगी र मुद्रोको गिरावटमा जारी नै रहेको छ । देशको महंगी २७६ प्रतिशत पुगिसकेको छ । जुन गत वर्ष १५० प्रतिशत थियो । सन् २०१९ मा अर्जेन्टीनाले आफ्नो मुद्रालाई कडाईका साथ नियन्त्रण गर्दै यसलाई कृत्रिम रुपमा बलियो बनाई राखेको थियो । यसबाट अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको माग बढ्यो र पेसो आधिकारीक स्तरबाट निकै तल झरन् पुग्यो ।  

५ वर्षअघि एक डलरको मूल्य ४० पेसोबराबर थियो । एक वर्षअघि यो १९२ पेसोबराबर थियो । तर अहिले बढेर ८५० पेसो पुगेको छ । अहिले अवस्था यतिसम्म भईसक्यो कि धनी मानिसहरुलाई पनि पेट पाल्न मुश्किल भईसक्यो ।  

राष्ट्रपति मिलेईले देशको नेतृत्व सम्हाले पछि यस्तो भनेका थिए,‘मैले जुन सुधारको प्रस्ताव राखेको छु,त्यसको साथ अमेरिकाको स्तरमा पुग्न ३५ वर्ष लाग्न सक्छ ।’ -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.