काठमामण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा १२ अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार भने घटेको छ । आज कारोबार ५.१ अर्बमा सिमित भएको छ ।
बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको देखिन्छ । घट्दो बजारमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको अबस्थामा बजार घट्ने क्रम रोकिएको मान्न सकिन्छ । तर यसको निश्चितताको लागि आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने हुन्छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्ड नजिक चलेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी घट्दै गएको छ । यसले बजरमा उतारचढाव कम हुँदै गरेको बुझिन्छ । एमएफआई ओभर सोल्ड जोनबाट फर्केर हाल २८ को तहमा चलेको देखिन्छ ।
म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । यसले बजारमा घट्ने क्रम रोकिदै गरेको देखिन्छ । हालको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा घट्ने क्रम रोकिदै गरेको मान्न सकिन्छ । क्षेत्रगत रुपमा आजको बजारमा जलविद्युत र वाणिज्य बैंकमा सबै भन्दा बढी कारोबार भएको छ ।
नोटः सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।