मंगलवार, असार ३,२०८२ 01:42:13
  • मंगलवार, असार ३,२०८२ 01:42:13
Global IME Bank Limited

सुन तस्करीमा दोषी कृष्णबहादुर महरा पक्राउ

Hyundai Nepal
सुन तस्करीमा दोषी कृष्णबहादुर महरा पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले बिजशालासँग कुरा गर्दै महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै गरिएको समेत कुँवरले बताएका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले तत्कालीन संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधिसभामा लगातार विरोधपछि गठन गरेको सुन तस्करीका विषयमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्व न्यायाधिशको संयोजकत्वमा गठित सो आयोगले गत बिहीबार मात्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।  

सो प्रतिवेदनमा महराको समेत सुन तस्करीमा कनेक्सन देखिएको भन्दै उनीमाथि थप छानबिन र कारबाही हुनुपर्ने सुझाइएको थियो ।  

त्यसको भोलिपल्टै सुन छानबिन आयोगको प्रतिवेदन अक्षरंश कार्यान्वयन गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो ।  

सोही निर्णय र गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले महरालाई पक्राउ गरेको हो । उनका छोरा राहुल महरा समेत सोही प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि हाल थुनामा छन् ।  

प्रहरीले सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरालाई समेत केही दिनअघि पक्राउ गरिसकेको छ ।  

सोही प्रकरणमा फितलो अनुसन्धान गरी दोषीलाई उम्काइएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को नेतृत्व नै गृहमन्त्री परिवतर्न गरिसकेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.