सोमबार, जेष्ठ ४,२०८३ 07:47:34
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:47:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्यमा उछाल, पहिलोपटक पार गर्यो ३६ सय डलरको आँकडा

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उछाल, पहिलोपटक पार गर्यो ३६ सय डलरको आँकडा
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक ३६ सय डलरको आँकडा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य १.६३ प्रतिशत अर्थात ५८.३९ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ६४५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी श्रम बजारमा देखिएको सुस्तताका कारण फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना उच्च भएसँगै सुनको मूल्य बढेको हो । फेडले ब्याजदर कटौती सम्बन्धी निर्णय आगामी साता गर्दैछ ।  

Bizshala
New Office
CG Motors

विश्लेषकहरुले सुनको मूल्य चाडैनै ३७ सयदेखि ३७३० डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् । फेडले ब्याजदर कटौती गरे सुनको भाउलाई सपोर्ट प्राप्त हुने र हालको वृद्धिले अझै निरन्तरता पाउने बजार विज्ञले बताएका छन् ।    

आइतबार प्रकाशित भएको आँकडाअनुसार चीनको केन्द्रीय बैंकले गत अगस्ट महिनासम्म लगातार १० महिना सुनको खरिद जारी राखेको छ ।  

यस्तै अमेरिकाको १० वर्षे ट्रेजरीको प्रतिफल विगत ५ महिनाकै न्यून पुगेको छ । यी सबै कारणले पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

लगानीकर्ता यतिबेला बुधबार सार्वजनिक हुने अमेरिकी उत्पादक मूल्य डेटा र उपभोक्ता मूल्यको डेटाको प्रतिक्षामा छन् । यो डेटाले फेडको ब्याजदर कटौतीको निर्णयबारे थप स्पष्टता प्रदान गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.