मंगलवार, जेष्ठ ५,२०८३ 08:27:24
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:27:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेन-जी आन्दोलनमा भाटभटेनीका २१ शाखामा क्षति, १२ स्टोर भवनसहित ध्वस्त

Laxmi Sunrise Bank Limited
जेन-जी आन्दोलनमा भाटभटेनीका २१ शाखामा क्षति, १२ स्टोर भवनसहित ध्वस्त
Shivam Cement

काठमाण्डौ । नेपालका युवाहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चर्को विरोध गर्दै सडकमा उत्रिएपछि भदौ २४ गते मंगलबार देशव्यापी हिंसा भड्कियो। जेनजी नामले सुरु भएको आन्दोलनमा व्यापक घूसपैठ भयो र विभिन्न प्रतिष्ठित व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानलाई पनि छानी छानी तारो बनाउने काम भयो । 

Bizshala
New Office
CG Motors

आन्दोलनका क्रममा अराजक समूहले भाटभटेनी सुपरमार्केटलाई बढी निशाना बनायो । काठमाण्डौमा मात्र नभई देशका विभिन्न स्थानमा खोलिएका भाटभटेनीका आउटलेटहरुमा आगो लगाइयो, तोडफोड भयो र आन्दोलनकारीहरुले लुटपाट समेत उसैगरी मच्चाए ।  

कुल २८ शाखामध्ये २१ वटामा प्रदर्शनकारीहरूले चोरी, तोडफोड र आगजनी गरेका भाटभटेनीका प्रतिनिधि पानु पौडेलले जानकारी दिए ।  उनका अनुसार टोखा, सात दोबाटो, अनामनगर, सानागाउँ, यूनाइटेड टेड सेन्टर, पाटन र नेपालगञ्जमा रहेका स्टोरहरु पूर्ण रुपमा सुरक्षित रहे ।  

भवनसहित पूर्ण रुपमा क्षतिग्रस्त भएका स्टोरहरुमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौडा, विर्तामोड, दमक, विराटनगर र धरान रहेका छन् ।  

भवन तोडफोड तथा लुटपाट भएका शाखाहरुमा कलंकी, ठिमी, बालाजु,  जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा रहेका छन् ।  

यी घटनाहरूले व्यवसायीको मुटुमा गहिरो घाउ पुर्‍याएको छ।

विवरण हेर्दा, भाटभटेनीका १२ वटा आउटलेटमा लुटपाटसँगै आगो लगाइयो ।  बाँकी ९ शाखामा भने तोडफोड र चोरीले सीमित क्षति पुर्‍यायो। खुशीको कुरा, देशका सातवटा शाखाहरू त सुरक्षित रहे, जसमा कुनै हानी नपुगेको पौडेलले बताएका छन्।  

बिहीबारदेखि क्षतिग्रस्त शाखाहरूमा कर्मचारीहरूले सरसफाईको अभियान सुरु गरेका छन् । एक कर्मचारीले भावुक हुँदै भने, 'यहाँ सबै कुरा ध्वस्त भएको छ जस्तो लाग्छ । तर हामी आजैदेखि सफाइ गर्दैछौं, व्यवसायलाई नयाँ जीवन दिने प्रयासमा लागेका छौं।'

Garima Development Bank
Shivam Cement
IME remit

यो दृश्यले आन्दोलनको हिंसात्मक पक्षले कति साधारण जीवनलाई प्रभावित गरेको छ भन्ने प्रष्ट पार्छ।

यो पहिलो पटक होइन। सन् २०२५ को मार्च २९ (वि.सं. २०८१ चैत १५)मा दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा पनि भाटभटेनीको कोटेश्वर शाखामा चोरी र तोडफोड मच्चाइएको थियो ।  

त्यतिबेला सञ्चालक मीनबहादुर गुरुङले भनेका थिए, 'मेरो र सबै कर्मचारीको मन भारी भएको छ।'  

उक्त घटनामा ८० लाख रुपैयाँको क्षति भएको थियो, जुन ठूलो ठानिन्थ्यो। तर अहिलेको विनाश त कल्पना बाहिरको छ– कर्मचारीहरूका अनुसार यो व्यवसायीहरूको हौसला र आत्मविश्वासमाथिको क्रूर प्रहार हो ।  

पौडेलका अनुसार भाटभटेनीमा आउटलेटहरुमा पुगेको क्षतिको पूरा विवरण पाउन २ ४ हप्ता अझै कुनुपर्नेछ ।  

भाटभटेनीले वार्षिक ३१ अर्ब रुपैयाँभन्दा बढीको कारोबारगर्ने गर्छ । कम्पनीका अनुसार वार्षिक रुपमा प्राप्त हुने नाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी हुने गर्दछ। यो घटनाले यस्ता संस्थाहरूको योगदानलाई कसरी विनाशकारी रूपमा असर गर्छ भन्ने देखाउँछ।

भाटभटेनी एक्लै होइन। यस आन्दोलनमा रोजगारी र आर्थिक वृद्धिमा योगदान दिने ठूला व्यावसायिक घरानाहरू नै निशाना बनेका छन्।  

चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, शंकर ग्रुप जस्ता नेपाली समूहका साथै बहुराष्ट्रिय कम्पनीका शाखाहरूमा पनि तोडफोड र आगजनीका आगो सल्किएका छन्।  

यो हिंसाले आन्दोलनले मूल उद्देश्यभन्दा पनि अराजकताको रूप लिएको देखिन्छ, जसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने खतरा निम्त्याएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.