काठमाण्डौ । शुक्रबारबाट विश्वभर आईफोन १७ सिरिजका मोबाइलहरुको बिक्री सुरु भएको छ । एप्पलले आजबाट विश्वभर आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरको बिक्री सुरु गरेको हो ।
यसका साथै कम्पनीले नयाँ एप्पल वाच र एयरपड मोडलहरु समेत बिक्री सुरु गरेको छ । अमेरिकामा भने यी आईफोन १७ सिरिजका फोनहरु गत सेप्टेम्बर १२ देखिनै प्रि–अर्डरमा राखिएको थियो ।
आईफोनको मुख्य बजार चीन हो । चिनियाँ ग्राहक आईफोन खरिद गर्न लामो लाइनमा घण्टौंसम्म बस्ने गरेका छन् । यद्यपी चीनमा एप्पललाई अन्य चिनियाँ स्मार्टफोनहरुले दरिलो टक्कर दिन थालेका छन् । मानिसहरु अन्य ब्राण्डतर्फ स्विच हुन थालेका छन् । जसका कारण एप्पललाई प्रतिष्पर्धामा टिकिरहन धेरै मिहेनत गर्नुपर्ने देखिएको जनाइएको छ ।
आईफोन १७ गते सेप्टेम्बर ९ मा लञ्च भएको थियो ।