काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४० डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६८५ डलरमा कारोबार भईरहेको छ ।
पछिल्लो वृद्धिसँगै सुनको मूल्य लगातार पाच सातासम्म बढेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गत बुधबार २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ३ हजार ७०७ डलरसम्म पुगेको थियो । तर उक्त उचाईबाट मूल्यमा केही गिरवाट समेत देखिएको थियो ।
विश्लेषकहरुले सुनको मूल्य बुलिस ट्रेण्डमै रहेको र यो वर्षको अन्त्यसम्म प्रतिऔंस ४ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् । न्यून ब्याजदरको अवस्थामा प्रतिफल नदिने सुन जस्ता सम्पत्तिको अपरचुनिटी कस्ट घट्ने गर्छ । जसका कारण मूल्य बढ्ने गर्छ । यो वर्ष सुनको मूल्य ४० प्रतिशतले बढिसकेको छ ।