काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या १ करोड २२ लाख ५५ हजार ८७६ कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।