आईतवार, असार १,२०८२ 10:33:43
  • आईतवार, असार १,२०८२ 10:33:43
Global IME Bank Limited

इक्राद्वारा नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि

Hyundai Nepal
इक्राद्वारा नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
Nabil Bank Limited

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई विगतमा प्रदान गरेको रेटिङ पुनःपुष्टि गरेको छ  । कम्पनीले नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो । 

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै इक्रा नेपालले एनएमबि क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको [ICRANP] AMC Quality 2 रेटिङ्गलाई पुनःपुष्टि गरेको छ । AMC2 प्रदान गरिएको निकायको व्यवस्थापन गुणता उच्च मात्रामा आश्वस्त हुन सकिनेभनि निर्धारण गरिएको हुन्छ । इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानूनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादन बारेको राय भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.