• बिहीबार, आश्विन ९,२०८२ 08:02:54
Global IME Bank Limited

जापानको सेयरबजार लगातार तेस्रो दिन अल टाइम हाईमा

Hyundai Nepal
जापानको सेयरबजार लगातार तेस्रो दिन अल टाइम हाईमा
Shivam Cement

काठमाण्डौ । जापानको सेयरबजारले अल टाइम हाईको उचाईमा पुगेको छ । जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ ले बिहिबारको कारोबारमा नयाँ रेकर्ड कायम गरेको हो ।  

आज निक्की२२५ इन्डेक्स ०.२७ प्रतिशत अर्थात १२४ अंकले बढेर ४५ हजार ७५४ विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च क्लोजिङ हो ।  

निक्की२२५ इन्डेक्स लगातार ६ दिन बढेको छ । ६ दिनको बढोत्तरीमा निक्की२२५ इन्डेक्सले लगातार ३ दिन नयाँ रेकर्ड बनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको कारोबारमा मेटल सेक्टर सर्वाधिक अर्थात ३.२४ प्रतिशतले बढ्यो । सुमितोमो मेटल माईनिङको मूल्य आज ११.३ प्रतिशतले बढ्यो । जुन निक्कीमा सूचीकृत कम्पनीहरुमध्ये कै उच्च हो ।  

यस्तै उर्जा र युटिलीटी सेक्टरमा समेत राम्रो वृद्धि देखियो ।  

आज ओकिनावामा आधारित बियर उत्पादक कम्पनी ओरियन ब्रेअरीले प्रतिकित्ता १८६३ येनमा मार्केट डेब्यु गर्यो । जुन आईपीओ मूल्य ८५० येनभन्दा झण्डै दोब्बर बढी हो । प्रतिकित्ता १९५० येनमा बन्द हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २२६२ डलरसम्म पुगेको थियो ।

यस्तै आज साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने टोपिक्स इन्डेक्स पनि ०.४७ प्रतिशतल बढ्दै ३ हजार १८५ विन्दुमा पुगेको छ ।   

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.