काठमाण्डौ । पूँजीबजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव यदि कार्यान्वयन हुने हो भने निकट भविष्यमै प्रिआईपीओको नाममा हुने लुटधन्दा रोकिने भएको छ ।
सुझाव कार्यदलले हालसम्म नियमनमा नरहेको प्रिआईपीओमा संस्थापक सेयर मनपरी मूल्य राखेर बिक्री गर्ने विकृति अन्त्यका लागि सुझाव पेश गरेको छ ।
कार्यदलले बुझाएको सुझावमा भनिएको छः 'सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निश्कासनअघि पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहार(प्रिआईपीओ)लाई नियमन गर्न आवश्यक व्यवस्था गर्ने।'