बुधबार, आश्विन १५,२०८२ 11:56:19
IME remit
  • बुधबार, आश्विन १५,२०८२ 11:56:19
IME remit
Global IME Bank Limited

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'

Hyundai Nepal
काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'
Shivam Cement

काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् ।  

दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयर लगानीकर्ताहरुको एउटा अग्रणी संस्था नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले यस बर्षको दसैं सामन्य रुपमा काठमाण्डौमा नै मनाइरहेका छन् ।  

यस बर्ष भखर्र ठूलो आन्दोलनपछि देशले निकास पाउँदै गरेका कारण पनि दसैंमा ठूलो तडकभडक नगर्ने सोचमा रहेको उनले बताए ।  

आफ्ना बुबाआमा पनि काठमाण्डौमा नै रहेका कारण यसपटक उनको दसैं काठमाण्डौमै रमाइलो भइरहेको उनले बताए । उनले आन्दोलनमा मृत्यु हुनेहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । 

साथै ६४ लाख सेयर लगानीकर्ताहरुलाई शुभकामना दिँदै पूँजीबजारमा नआत्तिन र उच्च मनोबलका साथ कारोबार गर्न पनि सुझाव दिए । 'देशको अबस्था विस्तारै सुधार हुँदै गएको छ । बजारमा फेरी कन्फिडेन्स पनि आउँछ ।' यसकारण उनले लगानीकर्ताहरुलाई संयम भएर सेयर कारोबार गर्न र हाँसीखुसीका साथ दसैं मनाउन सुझाएका छन् ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.