आईतवार, जेष्ठ ३,२०८३ 06:31:38
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:31:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'

Laxmi Sunrise Bank Limited
चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'
Shivam Cement

काठमाण्डौ । नेपालीहरुको घर घरमा दसैंको रौनक छाएको छ । काठमाण्डौ उपत्यका वा शहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु आफ्नो पुख्र्यौली थाँतथलो पुगेर दसैं मनाइरहेका छन् । अरु वर्षको तुलनामा यस वर्ष काठमाण्डौ व्यवसाय भएकाहरुमध्ये धेरै कम मात्र गाउँ फर्किएका छन् । देशको बदलिँदो परिस्थिति र सुरक्षा चुनौतिका कारण काठमाण्डौको घर अरुबेला जस्तो छाडेर गाउँतर्फ जानेहरुको संख्या कम छ । यहीबेला हामीले सेयर बजारमा लगानीकर्ताहरुको खरीदबिक्रीमा मध्यस्थकर्ताको भूमिका खेलिरहेका केही ब्रोकरहरुको दसैं योजना बुझ्ने कोशिश गरेका छौं । 

Bizshala
New Office
CG Motors

क्रिस्टल कञ्जानजङ्घा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ५०)का सञ्चालक तथा स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष  प्रियराज रेग्मी गोरखा जिल्लाका स्थायीबासी हुन् । दसैंको रौनकले देशलाई छोए पनि रेग्मी चाहिँ अरु बेलाको जस्तो प्रफूल्लित हुन सकेका छैनन् ।  

यस बर्ष जेनजी पुस्ताले भ्रष्टाचार र सुशासनको माग गर्दै आन्दोलन गरे । शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुँदा देशले ठूलो क्षति व्यहोर्नुपर्यो । देश नै सकसमा रहेका कारण आफ्नो यो वर्षको दसैं अरुबेलाको जस्तो उल्लासपूर्ण नभएको रेग्मी बताउँछन् ।  

गोरखा जिल्ला जानुपर्ने भए पनि बाटोमा समस्या भएका कारण यो पटकको दसैं काठमाण्डौमा मनाइरहेको उनको भनाई छ । दसैं काठमाण्डौमै मनाए पनि यो अवसरमा देशले सही निकास पाओस् र आफूहरुको व्यवसायका पनि राम्रा दिन आउन् भन्ने कामना गरिरहेका छन् उनी ।  

देशको अवस्था अझ बिग्रिए सबै पेशा व्यवसाय गर्नेहरुलाई नकारात्मक प्रभाव पर्छ । त्यसकारण सबैले देशको वातावरण सुधार होस् भन्ने कामना गर्नुपर्ने आजको आवश्यकता हो ।  

उनले आम सेयर लगानीकर्ताहरुलाई रमाइलो गर्दै फुर्सदको समयमा आफूले लगानी गरेका वा लगानीको योजना बनाएका कम्पनीको विषयमा अध्इयन गर्न समेत सुझाए ।  

उनले शुभकामना दिंदै भने-'दसैंपछि खुल्ने बजारबाट सबैलाई लाभ होस् । कसैलाई अनपेक्षित क्षति नहोस् । दुर्गा भवानीले सबै लगानीकर्ताको रक्षा गरुन् ।'  

यस्तै, नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४)का सञ्चालक इश्वरीप्रसाद रिमाललाई पनि यो पटकको दसैं विशेष लागिरहेको छैन । देशमा हालै आन्दोलनका कारण ठूलो क्षति भएको र सत्ता परिवर्तनसँगै सशंय बाँकी नै रहेकोले देशको चिन्ताले धेरै नेपालीको दसैं अरुबेलाजस्तो विशेष नहुने उनको भनाई छ ।  

'देश नै शोकमा डुबेको छ । म पनि शोकमा नै रहेको छु् । म शोकमा हुनुको कारण राष्ट्रिय सम्पत्तिमा भएको क्षतिका कारण हो ।' उनले भने-' त्यसैले यस बर्षको दसैं आएजस्तो पनि लागेको छैन । अर्को कारण भनेको यस बर्ष दसैं अत्यन्त चाँडै आएजस्तो लागेको छ । बर्षायाम पनि नसकिएको कारण खासै उल्लास भइरहेको छैन ।'  

यहीकारण यसपटकको दसैं परम्परालाई जोगाउने निरन्तरताको रुपमा मात्र मनाइने उनको भनाई छ । 'यो दसैं शोकपूण दसैं पनि हो । यसकारण यसपल्टको दसैं निकै सामान्य नै हुन्छ । मेरो टीका पनि छ ।'-उनले भने । 

Garima Development Bank
Shivam Cement
IME remit

उनले सेयर लगानीकर्ताहरुलाई देशको अर्थतन्त्र चलायमान नभएका कारण होसियारीपूर्वक लगानी गर्न सुझाए । कम्पनीको आधारभूत पक्ष हेरेर बलिया सूचक भएकाहरुमा मात्र लगानी गर्न र गैरकानूनी ढंगले कारोबार वा लगानी नगर्न समेत उनले सुझाएका छन् ।  

यसैगरी, भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)का सञ्चालक राजकुमार तिमिल्सिना पनि यस बर्षको दसैं खासै उल्लासमय नभएको बताउँछन् । यद्यपि बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आएका कारण आशा गर्न सकिने ठाउँ रहेको उनको ठम्याई छ । उनले समेत परम्परा धान्ने हिसाबले मात्र यसपटकको दसैं मनाइरहेको बताए । उनको दसैं विषम परिस्थितिका कारण यसपटक काठमाण्डौमै भइरहेको छ । 'यो पटक घरभित्रै दसैं मान्नु धेरै हिसाबले सुरक्षित देखिन्छ ।' उनले भने- 'म मांसाहारी हुँ । घरमै मासुका विभिन्न परिकार बनाएर खाँदै रमाइलो गरिरहेका छौं ।'  

यस्तै, कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)का सञ्चालक तथा स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटको यस वर्षको दसैं पुख्र्यौली थलो कास्कीमै मनाइरहेका छन् । उनले दसैं स्वदेशमै मनाउन र यो बेला विदेश जाने परिपाटी बन्द गर्न आग्रह गरे ।  

उनले यो वर्ष पोखरा गएर घुमघाम गर्ने योजना समेत बनाएका छन् । सडक पनि राम्रो भएका कारण सपरिवार पोखरा जान समस्या नरहेको उनको भनाई छ । 

रानाभाटको विचारमा दसैं भनेको भेटघाट र आत्मीयता बढाउने पर्व हो । साथीभाई र आफन्तसँग विशेष भेटघाट हुने भए पनि पछिल्लो समय आत्मीयता कम हुँदै गएकोमा उनी चिन्तित छन् । उनका धेरै साथीभाई विदेशमा छन् । यद्यपि पोखरामा कलेज र स्कूल पढ्दाका उपलब्ध साथीहरुबीच भेटघाट र जमघट समेत हुने गरेको उनले बताए । 

पहिलाको दसैं सम्झदै रानाभाट भन्छन्- ‘पहिले हरेक घरमा खसी काट्ने चलन थियो । तर अहिले पोखरामा च्याँङग्रा ल्याउने चलन रहेको छ । पोखरेलीहरुको यो पुरानो चलन नै हो । यसपटक दसैं बिदा पनि केही बढी परेको छ । दसैं भनेको खासगरि परिवार र बच्चाको लागि विशेष रहेको छ । यसपटक मेरो भाइ पनि विदेशबाट आएका कारण पारिवारिक माहौल अझ विशेष भइरहेको छ ।'  

तर रानाभाटलाई दसैंभन्दा तिहार बढी रमाइलो लाग्छ । उनले सेयर लगानीकर्ताहरुलाई कारोबार र बजारलाई बिर्सिएर केही दिनका लागि भए पनि आफ्नो थाँतथलो पुगेर रिफ्रेस हुन सुझाए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.