मंगलवार, जेष्ठ ५,२०८३ 05:46:39
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:46:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पानी–बिजुली संकटविरुद्ध ZenZ को विद्रोह: माडागास्करको सरकार ढल्यो

Laxmi Sunrise Bank Limited
पानी–बिजुली संकटविरुद्ध ZenZ को विद्रोह: माडागास्करको सरकार ढल्यो
Shivam Cement

काठमाण्डौ । अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले पानी र बिजुली संकटविरुद्ध शुरु गरेको ‘ZenZ आन्दोलन’ तात्दै गएको छ। लगातार तीन दिनदेखि चलेको आन्दोलनका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। आन्दोलनकै चापमा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति रजोएलिनाले सोमबार राजधानी एन्टानानारिभोमा पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारलाई तत्काल विघटन गरी नयाँ राजनीतिक सहमति खोज्ने बताएका छन्। “जनताले व्यक्त गरेको असन्तोषलाई हामी गम्भीर रूपमा लिएका छौँ,” उनले भने।

Bizshala
New Office
CG Motors

युवाहरूको विद्रोहको स्वरूप

‘ZenZ आन्दोलन’ मूलतः युवा पुस्ताले नेतृत्व गरेको आन्दोलन हो। लामो समयदेखि भइरहेको पानी र बिजुलीको चरम अभावले उनीहरूको दैनिकी कष्टकर बनेपछि यो आन्दोलन सुरु भएको बताइन्छ। सामाजिक सञ्जालमार्फत सुरु भएको अभियान क्रमशः सडकमा उत्रिँदै हिंसात्मक रूप लिन पुगेको हो।

माडागास्करमा भइरहेको यो ‘ZenZ आन्दोलन’ नेपालका युवाहरूले पछिल्लो समय चलाएका विभिन्न आन्दोलनसँग मेल खाने देखिन्छ। नेपालमा पनि युवापुस्ताले बेरोजगारी, भ्रष्टाचार, स्रोतसाधनको असमान वितरण र राजनीतिक नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै सडकमा आवाज उठाउँदै आएका छन्।

विशेषगरी नेपालमा चलेको ‘जनजागरण’ वा ‘जेनजी आन्दोलन’लाई यससँग तुलना गर्न सकिन्छ। दुवै आन्दोलन युवापुस्ताको असन्तोषको प्रतिफल हो- जहाँ पुराना नेतृत्वप्रति अविश्वास र आधारभूत सेवाप्रति असन्तोष प्रमुख एजेन्डा बनेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

अन्तर्राष्ट्रिय चिन्ता

संयुक्त राष्ट्रसंघले आन्दोलन शान्तिपूर्ण बनाउन र मानवअधिकारको रक्षा गर्न माडागास्कर सरकारलाई आग्रह गरेको छ। नेपालमा समेत यस्ता आन्दोलनहरूलाई व्यवस्थापन गर्न राज्यको जिम्मेवारी बढ्दै गएको छ।

विश्लेषकहरूको भनाइ

राजनीतिक विश्लेषकहरूले माडागास्करको घटनाले नेपाललाई पनि गम्भीर सन्देश दिएको बताएका छन्। उनीहरूको भनाइमा, “यदि युवा पुस्ताको मागलाई बेवास्ता गरियो भने, असन्तोष सडकमा विस्फोट हुन सक्छ, जसले राजनीतिक स्थायित्वलाई नै चुनौती दिन सक्छ।”

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.