काठमाण्डौ । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिने घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको कम्पनीको भनाई छ ।
रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘यस रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ । यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो वाचा पुनःदोहो¥याउने प्रयास हो । साथै यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ । अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ ।’
यस्तै उनले ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेका बताएका छन् । रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य यस प्रकार छः
