बुधबार, असार १७,२०८३ 05:18:10
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:18:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा भारी उछाल, एकैदिन रु. ८१०० बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा भारी उछाल, एकैदिन रु. ८१०० बढ्यो

काठमाण्डौ । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक दर हो। सोमबार मात्र सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी २४ घण्टामै सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले उक्लिएको हो।

New Office
CG Motors
Garima Development Bank

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र गतिमा बढिरहेको र त्यसको सीधा प्रभाव नेपाली बजारमा देखिएको बताएको छ। आर्थिक अनिश्चितता, भू-राजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको माग बढेको विश्लेषण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ। विशेषज्ञहरूका अनुसार सुन–चाँदी दुबैको मूल्य अझ केही दिन उतारचढावका बीचमा उच्च स्तरमै रहिरहने सम्भावना छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.