काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाको दिन १०१५ मेगावाट विद्युत निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा सोमबार साँझ देशभर विद्युतको कूल माग १६५० मेगावाटबराबर रहेको छ ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो । गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो ।
प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।