मंगलवार, जेष्ठ ५,२०८३ 05:03:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:03:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनभन्दा ठूलो उछाल ! अमेरिकामा कफी पिउनु अब अत्यधिक महंगो

Laxmi Sunrise Bank Limited
सुनभन्दा ठूलो उछाल ! अमेरिकामा कफी पिउनु अब अत्यधिक महंगो
Shivam Cement

काठमाण्डौ । अमेरिकामा कफी पिउनु अब सर्वसाधारणका लागि झन् महँगो बन्दै गएको छ । गत अगस्टदेखि कफीको मूल्य ५० प्रतिशतले बढ्दै रेकर्ड स्तरमा पुगेको छ । अहिले अमेरिकामा कफीको मूल्य प्रतिपाउन्ड ४.३८ अमेरिकी डलरसम्म पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

Bizshala
New Office
CG Motors

अमेरिकी सरकारले अगस्ट महिनामा ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ (कर) लगाएको थियो । सो कदमपछि अमेरिकी बजारमा कफीको मूल्य तीव्र गतिमा बढेको हो । त्यससँगै ब्राजिलमा परेको सुख्खा र त्यहाँका एक्सचेन्ज वेयरहाउसहरूमा कफीको भण्डार तीव्र रूपमा घट्दै जानुले मूल्य अझ बढाएको विश्लेषण गरिएको छ । हाल ब्राजिलियन कफी बीन्सको उपलब्धता रेकर्ड न्यूनस्तरमा पुगेको छ ।

ब्राजिल विश्वको सबैभन्दा ठूलो कफी उत्पादक देश हो । विश्वव्यापी उत्पादनको ३८ प्रतिशत कफी ब्राजिलबाट आपूर्ति हुने गर्दछ । गत वर्ष मात्र ब्राजिलले ६४.७ मिलियन ६० किलोका ब्याग बराबर कफी उत्पादन गरेको थियो ।

अमेरिकाले ब्राजिलसहित भारतजस्ता देशमाथि पनि उच्च ट्यारिफ लगाएको छ । अमेरिका ब्राजिलबाट कफीसँगै सुन्तलाको रस (ओरेन्ज जुस) पनि ठूलो मात्रामा आयात गर्छ । ब्राजिल ती केही देशमध्ये एक हो, जससँग अमेरिकाको व्यापार सन्तुलन (ट्रेड सरप्लस) सकारात्मक रहेको छ । तर, ब्राजिलमाथि भारी ट्यारिफ लगाउँदा दुबै देशबीचको व्यापारिक सम्बन्धमा असर परेको देखिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

विश्वका प्रमुख कफी उत्पादक देशहरूको सूचीमा ब्राजिलपछि दोस्रो स्थानमा वियतनाम छ, जसले गत वर्ष २९ मिलियन ब्याग कफी उत्पादन गरेको थियो, जुन विश्व उत्पादनको करिब १७ प्रतिशत हो । त्यसपछि क्रमशः कोलम्बिया (१३.२ मिलियन), इन्डोनेसिया (१०.७ मिलियन), इथियोपिया (१०.६३ मिलियन), युगान्डा (६.७ मिलियन), भारत (६.२ मिलियन), होन्डुरास (५.५२ मिलियन), पेरु (३.८८ मिलियन) र मेक्सिको (३.८७ मिलियन) रहेका छन् ।

विश्लेषकहरूका अनुसार, यदि ब्राजिलमा सुख्खा जारी रह्यो र अमेरिकी ट्यारिफ नघटाइए, विश्व बजारमा पनि कफीको मूल्य अझै बढ्ने सम्भावना रहेको छ ।

-एजेन्सीको सहयोगमा तयार समाचार

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.