शनिबार, जेष्ठ २,२०८३ 12:39:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:39:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ ।  

कात्तिक १५ गते शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो ।

Bizshala
New Office
CG Motors

पारित लाभांशमध्ये १३.५३ प्रतिशत बोनससेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस(बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।  

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंककोे चुक्तापूँजी रु ९,००,०३,८८,७६७.११ (अक्षेरेपी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा मात्र) पुर्याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

सभाबाट आ.व. २०८२/०८३को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।  

साथै, साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.