मंगलवार, जेष्ठ ५,२०८३ 04:50:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:50:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारको तागत: ५ वर्षअघि १ लाख लगानी गर्ने बने करोडपति !

Laxmi Sunrise Bank Limited
सेयर बजारको तागत: ५ वर्षअघि १ लाख लगानी गर्ने बने करोडपति !
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा ‘सानो प्याकेट, ठूलो धमाका’ भन्ने उखानलाई सत्य सावित गर्दै एउटा स्मलक्याप कम्पनीको पेनी स्टकले लगानीकर्ताहरूलाई ५ वर्षमै करोडपति बनाएको छ। 

महाराष्ट्रमा आधारित स्वदेशी इन्डस्ट्रीज एन्ड लिजिङ लिमिटेडको सेयर, जुन ५ वर्षअघि मात्र २९ पैसामा उपलब्ध थियो, अहिले लगानीकर्ताहरूका लागि पैसा छाप्ने मेसिन सावित भएको छ।

Bizshala
New Office
CG Motors

५ वर्षमा ३५,०००% भन्दा बढी प्रतिफल

कम्पनीको सेयरले पछिल्ला ५ वर्षमा ३४,३५८.६२% को मल्टिब्यागर प्रतिफल दिएको छ। २०२० नोभेम्बर ६ मा २९ पैसामा कारोबार भइरहेको यो सेयर हाल अपर सर्किटसहित ९९.९३ रुपैयाँको सर्वकालीन उच्च स्तरमा पुगेको छ।

यदि कुनै लगानीकर्ताले ५ वर्षअघि १ लाख रुपैयाँको यो सेयर खरिद गरेका थिए भने, आज त्यो रकम ३ करोड ४४ लाख ५८ हजार रुपैयाँ पुगिसकेको छ। अर्थात्, १ लाख लगानी गर्ने व्यक्ति अहिले करोडपति बनेका छन्।

कम्पनीको व्यवसाय र बजार स्थिति

स्वदेशी इन्डस्ट्रीज टेक्सटाइल, कपर, खाद्य उत्पादन, पीभीसी बोतल उत्पादन तथा लिजिङ सेवामा संलग्न स्मलक्याप कम्पनी हो। हाल यसको बजार पूँजीकरण १०८ करोड रुपैयाँ छ।

पछिल्ला दिनहरूमा यो सेयरमा निरन्तर अपर सर्किट लागिरहेको छ। पछिल्ला ५ दिनदेखि दैनिक अपर सर्किट लागेको यो स्टकले:

-१ वर्षमा: ३,५००% प्रतिफल

-६ महिनामा: लगानी ९ गुणा बढी

Garima Development Bank
Shivam Cement
IME remit

जोखिमको चेतावनी

सेयर बजारमा यस्ता मल्टिब्यागर स्टकहरूले उच्च प्रतिफल दिन सक्छन् तर उच्च जोखिम पनि बोकेका हुन्छन्। लगानी गर्नुअघि वित्तीय सल्लाहकार वा बजार विज्ञसँग परामर्श लिनु आवश्यक छ।

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। कुनै पनि लगानी निर्णय आफ्नै जिम्मेवारीमा लिनुहोस्।)

स्रोत: आजतक

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.