मंगलवार, असार १६,२०८३ 05:12:08
Bizshala
  • मंगलवार, असार १६,२०८३ 05:12:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंकको वितरणयोग्य प्रतिसेयर नाफा बढ्यो, आरओई र आरओएमा पनि सुधार

Laxmi Sunrise Bank Limited
गरिमा विकास बैंकको वितरणयोग्य प्रतिसेयर नाफा बढ्यो, आरओई र आरओएमा पनि सुधार

काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा २२ करोड ५७ लाख रुपैयाँमा सीमित थियो ।  

समीक्षा अवधिमा गरिमाको वितरणयोग्य मुनाफा ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ६८ करोड ४४ लाख रुपैयाँ रहेको थियो । 

New Office
CG Motors
Garima Development Bank

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर नाफा १२ रुपैयाँ ८७ पैसा पुगेको छ।

समीक्षा अवधिमा ३५ करोड ७६ लाख रुपैयाँ पुगेको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिमा ३२ करोड २३ लाखमा सीमित थियो ।  

बैंकले खूद ब्याज आम्दानी पनि बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९८ करोड ६८ लाखमा सीमित खूद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ९९ करोड ८५ लाख पुगेको छ ।

अघिल्लो वर्षको यही अविधसम्म कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा ३७ करोड २१ लाख बढी रकम विनियोजन गरेकोमा यो वर्ष ३३ करोड ३१ लाख मात्र राखेको छ ।  

नाफा बढ्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ रुपैयाँ ९० पैसा रहेको इपीएस बढेर यो वर्ष १७ रुपैयाँ ६४ पैसाको उचाईमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो वर्षको यही अवधिसम्म ३.८२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७३ प्रतिशत पुगेको पनि बैंकको रिटर्न अन इक्वीटी र रिटर्न अन एसेट भने बढेको छ ।  

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९.९५ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर १०.७१ प्रतिशत पुगेको छ भने ०.९३ प्रतिशतमा सीमित रिटर्न अन एसेज(आरओए) बढेर ०.९६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकले ९० अर्ब ९८ करोड बढी निक्षेप संकलन गरी ६९ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९० अर्ब ११ करोड निक्षेप संकलन गरी  ६९ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ  १६६.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४७.८१ रुपैयाँ, तरलता अनुपात २९.५१ प्रतिशत र पूँजीकोष अनुपात १३.५७ प्रतिशत कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.