सोमबार, जेष्ठ ४,२०८३ 07:04:47
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:04:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर कारोबारबाट वाणिज्य बैंकहरुको रु.२.६४ अर्ब आम्दानी, कुनको कति ?

Laxmi Sunrise Bank Limited
सेयर कारोबारबाट वाणिज्य बैंकहरुको रु.२.६४ अर्ब आम्दानी, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो क्षेत्रमा लगानी गरी बैंकहरुले २ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

बैंकहरुको यस्तो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा २३.७३ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयरबजारमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट २ अर्ब १३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेका थिए ।  

सो अवधिसम्म कृषि विकास बैंकको यस्तो आम्दानी ऋणात्मक रहेको छ भने सबै बैंकको धनात्मक रहेको छ । गत आवको तुलनामा तीन बैंकको यस्तो आम्दानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले एक वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आवमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले लगानीको एक वर्ष पुरा भइसकेपछि बैंकहरुले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्नेछन् ।  

यस्तो खालको व्यवस्थाअनुसार बैंकहरुले सेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको कारोबार विशेषगरी डलरको खरिद बिक्री गरी त्यसबाट हुने आम्दानी समेत यस्तो सूचकमा जोडेका हुन्छन् ।  

तर बैंकहरुको डलर सटहीबाट हुने आम्दानी भन्दा सेयरमा गरिएको लगानी आम्दानी बढी हुने भएकाले यो सूचकलाई मुख्यतः सेयरमा गरिएको लगानीबाट हुने आम्दानी बुझ्न सकिन्छ ।  

जस्तै कुनै एक बैंकले सूचीकृत एउटा कम्पनीको सेयरमा १० लाख रुपैयाँबराबरको सेयर किनेको छ र केही महिनापछि त्यसको भ्यालु १२ लाख रुपैयाँ पुग्यो त्यसपछि बैंकले सेयर बिक्री गर्छ भने २ लाख रुपैयाँ बैंकको ट्रेडिङ आम्दानी हुन्छ । तर बैंकले उक्त सेयर नबेचेर राख्छ भने त्यो अनरियलाइज्ड गेनको रुपमा देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि एक वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशतमात्रै सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको सेयर बिक्रीमा खुकुलो नीति ल्याएकाले बैंकहरुको यस्तो आम्दानी बढ्न पुगेको हो ।  

पहिलो त्रैमाससम्म सबैभन्दा धेरै आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले पहिलो त्रैमाससम्म २८ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी ६७.३९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २२ करोड ६१ लाख, नबिल बैंकले २२ करोड ५० लाख, लक्ष्मी सनराइजले २१ करोड ४४ लाख, हिमालयन बैंकले २० करोड ६१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १९ करोड ३८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ करोड १५ लाख, सानिमा बैंकले १६ करोड ८८ लाख, एनएमबि बैंकले १६ करोड ५८ लाख र एभरेष्ट बैंकले १४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

यसका साथै कुमारी बैंकले १४ करोड ६४ लाख, प्रभु बैंकले १२ करोड ८७ लाख, सिटिजन्स बैंकले १० करोड ८६ हजार, सिद्धार्थ बैंकले ९ करोड ८० लाख, प्राइम कमर्सियल बैंकले ८ करोड ६२ लाख, माछापुच्छ्रे बैंकले ७ करोड ९० लाख, नेपाल एसबिआई बैंकले ६ करोड ५ लाख, एनआइसी एशिया बैंकले ४ करोड ८३ लाख र नेपाल बैंकले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

यता कृषि विकास बैंकको यस्तो आम्दानी भने १६ करोड ५० लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.