मंगलवार, जेष्ठ ५,२०८३ 05:33:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:33:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई खल्तीको सीईओमा प्रविण रेग्मी नियुक्त

Laxmi Sunrise Bank Limited
आइएमई खल्तीको सीईओमा प्रविण रेग्मी नियुक्त
Shivam Cement

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन्।आज बसेको सञ्चालक समितीको ११ औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आजदेखि लागु हुनेगरी सीईओ नियुक्त गरेको हो।

Bizshala
New Office
CG Motors

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । यसअघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षेकार्यकाल सकाएर विदा भएका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.