मंगलवार, जेष्ठ ५,२०८३ 03:01:15
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:01:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सञ्चालनमा

Laxmi Sunrise Bank Limited
कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टुजी÷फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६मा टुजी तथा फोरजी सेवा सञ्चालनमा आएको छ । टुजी÷फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी÷फोरजी सेवाबाट लाभान्वित भएका छन् ।  

सेवाविस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरु पर्दछन ।

यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टुजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै  सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा पान चौर, कालिकालगायतका क्षेत्रहरु पर्दछन ।  

Bizshala
New Office
CG Motors

साथै दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्लालगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयल काँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँलगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक  गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन् ।  

यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टुजी तथा फोरजी सेवा ल्याएको छ । टुजी तथा फोरजी सेवा सञ्चालनमा आएपश्चात् जुनीचांदे गाउँपालिकाकाविभिन्न वडाहरु वडा नं. ७,८,९,१० र ११ अन्तर्गत पर्ने गाउँबस्तिआसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक  गुणस्तरीय टुजी÷तथा फोरजी सेवाबाट लाभान्वित भएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै डोल्पाजिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाकाविभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमानिर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगैसञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधादर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।  

साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिकब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारीलगायतकाक्षेत्रपनिसञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमको टुजी तथा फोरजी सेवाविस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । नेपाल टेलिकमले दुर्गम तथाअति विकट क्षेत्रका सेवाग्राहीहरुको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा सेवाबाट लाभान्वित भएका छन । यससंगै थप दुई स्थानियतहमा फोरजी सेवाविस्तार भई जम्मा ७५३ मध्ये ७४९ स्थानियतहमा फोरजी सेवा पुगेको छ ।

दुर्गम तथाअति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँचविस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवाविस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवाविस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.