मंगलवार, जेष्ठ ५,२०८३ 04:21:07
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:21:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

Laxmi Sunrise Bank Limited
कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन
Shivam Cement

काठमाण्डौ । कजारियाले सिन्धुलीको आदर्शनगर, कानपा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, सम्मानित अतिथि तथा स्थानीय शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको विशेष उपस्थिति तथा रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गरेका थिए ।

Bizshala
New Office
CG Motors

कार्यक्रमलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले आफ्नो खुशी व्यक्त गर्दै भने, ‘हामी कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित छौँ। गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन्।’

त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले ग्राहक सन्तुष्टि र बजार विस्तारप्रति ब्रान्डको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सिन्धुली शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुर्याउँदैछौं। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।’

Garima Development Bank
Shivam Cement
IME remit

आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.