काठमाण्डौ । जानकी टेक्नोलोजी प्रा.लि अन्तर्गतको SparrowSMS ले Meta Tech Provider को मान्यता प्राप्त गर्दै WhatsApp व्यवसायिक सन्देश सेवा औपचारिक रूपमा उपलब्ध गराएको छ। यो उपलब्धिले नेपाली व्यवसायलाई WhatsApp मार्फत ग्राहकहरूसँग अझ सरल, विश्वसनीय र प्रभावकारी संवाद गर्न मद्दत गर्ने जनाइएको छ ।
Meta Tech Provider बनेसँगै अब SparrowSMS मार्फत WhatsApp Embedded Sign-Up सुविधा उपलब्ध भएको छ, जसले WhatsApp API सेटअप प्रक्रिया नेपालमै द्रुत, सहज र स्थानीय आवश्यकताअनुसार अनुकूलित बनाएको छ। साना खुद्रा व्यवसायदेखि ठूला उद्योगसम्म सबै व्यवसाय अब WhatsApp Business Messaging सरलतापूर्वक सुरु गर्न सक्छन्।
SparrowSMS WhatsApp Platform का प्रमुख सुविधाहरू:
- WhatsApp Embedded Sign-Up — Meta मार्फत सीधा दर्ता
Blue Tick Verification — ब्रान्डको विश्वसनीयता सुनिश्चित
- Bulk WhatsApp Broadcast — धेरै प्रयोगकर्तासम्म तुरुन्त सन्देश
- Campaign Analytics र Retargeting — सन्देश प्रभाव मापन र सुधार
- Multi-Agent Live Chat — वास्तविक समयमा ग्राहक व्यवस्थापन
- No-Code Chat Flow Builder — कुनै प्राविधिक ज्ञान बिना नै स्वचालित संवाद निर्माण
यी सुविधाहरूले व्यवसायलाई ग्राहक अनुभव सुधार गर्न, स्वचालनमार्फत कार्यक्षमता बढाउन, र दिगो ग्राहक सम्बन्ध निर्माण गर्न मद्दत गर्छन्।
SparrowSMS का CEO मनोज थापा भन्छन्, “Meta API मार्फत प्रदान गरिएको हाम्रो WhatsApp सेवा सरल, द्रुत र अत्यन्त प्रभावकारी छ। यसले खुद्रा व्यापारदेखि ठूला उद्योगसम्मका सबै व्यवसायलाई ग्राहक सम्पर्क अझ सहज र प्रत्यक्ष बनाउन सहयोग गर्छ।”

