काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।

