मंगलवार, जेष्ठ ५,२०८३ 12:26:33
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:26:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

Laxmi Sunrise Bank Limited
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
Shivam Cement

काठमाण्डौ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ। २० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म संचालन हुने यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखेको छ।

Bizshala
New Office
CG Motors

अभियान अन्तर्गत जेसीबी धनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ। 

साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५% छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २०% छुट प्रदान गर्दैछ।

Garima Development Bank
Shivam Cement
IME remit

यो अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाण्डौ , पोखरा, बिरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू हुनेछ। देशभर रहेका यी शाखाहरू मार्फत ग्राहकले आफ्नो नजिकको स्थानमै सहज रूपमा सेवा पाउन सक्नेछन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.