मंगलवार, जेष्ठ ५,२०८३ 12:24:38
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:24:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मारुति सुजुकीले ल्यायो विशेष वागनआर स्विभेल सिट, वृद्धवृद्धा र अपाङ्गता भएकालाई यात्रा झन् सजिलो हुने

Laxmi Sunrise Bank Limited
मारुति सुजुकीले ल्यायो विशेष वागनआर स्विभेल सिट, वृद्धवृद्धा र अपाङ्गता भएकालाई यात्रा झन् सजिलो हुने
Shivam Cement

काठमाण्डौ । कारमा चढ्नु वा ओर्लिनु ती मानिसहरूका लागि सजिलो हुन्छ, जसका हात–खुट्टा स्वस्थ छन्। तर वृद्ध तथा अपाङ्ग व्यक्तिहरूलाई कारभित्र बस्न निकै कठिनाइको सामना गर्नुपर्छ। यही समस्यालाई ध्यानमा राख्दै मारुति सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने कार वागनआर मा विशेष स्विभेल सिट (घुम्ने सिट) को विकल्प प्रस्तुत गरेको छ। यो सुविधाले अब वृद्ध तथा अपाङ्ग व्यक्तिहरूका लागि कारमा चढ्न र ओर्लिन निकै सहज बनाउने विश्वास कम्पनीको छ।

मारुति सुजुकीले वागनआरसँग यो पहल बेंगलुरुस्थित स्टार्टअप कम्पनी ट्रु एसिस्टको सहकार्यमा सुरु गरेको हो। यो सुविधा पाइलट परियोजनाको रूपमा भारतनका ११ शहरहरूमा रहेका २०० भन्दा बढी मारुति सुजुकी एरिना डिलरशिपहरूमा उपलब्ध छ।

Bizshala
New Office
CG Motors

हाल मारुति वागनआरको एक्स–शोरूम मूल्य ४.९९ लाख भारुदेखि सुरु भई ६.९५ लाख भारुसम्म पर्छ।

मारुति सुजुकीका अनुसार, वागनआरमा स्विभेल सिट जडान गरेपछि ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएमा भविष्यमा यो सुविधालाई थप शहरहरूमा विस्तार गरिनेछ।

ग्राहकहरूले यो स्विभेल सिट रेट्रो–फिटमेन्ट किट को रूपमा मारुति सुजुकी एरिना डिलरशिपबाट खरिद गर्न सक्नेछन्। यो नयाँ वागनआरमा जडान गर्न सकिन्छ, साथै पहिलेदेखि वागनआर प्रयोग गरिरहेका ग्राहकहरूले पनि आफ्नो कारमा फिट गराउन सक्छन्।

Garima Development Bank
Shivam Cement
IME remit

वागनआरको स्विभेल सिटका प्रमुख विशेषताहरू

स्विभेल सिटका फाइदाहरूको कुरा गर्दा, यसले कारभित्र बस्न र कारबाट ओर्लिन अत्यन्तै सहज बनाउँछ। यो सिट विशेष रूपमा वृद्ध तथा अपाङ्ग व्यक्तिहरूले कुनै झन्झट बिना कारमा चढ्न र ओर्लिन सकून् भन्ने उद्देश्यले डिजाइन गरिएको हो।

सिट बाहिरतर्फ घुम्ने भएकाले कारभित्र प्रवेश गर्न र बाहिर निस्कन सजिलो हुन्छ। यस सिटलाई जडान गर्न कारको मौलिक सिट परिवर्तन गर्नुपर्ने आवश्यकता पर्दैन। यो अतिरिक्त सुविधाका रूपमा जडान गरिन्छ र जडान प्रक्रियामा धेरै समय लाग्दैन। करिब एक घण्टाभित्र सिट फिट गर्न सकिन्छ।

कम्पनीले यस स्विभेल सिटमा कुनै पनि उत्पादनसम्बन्धी त्रुटिका लागि एक वर्षको वारेन्टी प्रदान गर्दै आएको जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.