मंगलवार, जेष्ठ ५,२०८३ 06:47:24
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:47:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घर निर्माण फेस्टमा सम्पूर्ण सेवाको विशेष अफर सार्वजनिक

Laxmi Sunrise Bank Limited
घर निर्माण फेस्टमा सम्पूर्ण सेवाको विशेष अफर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । आगामी पुसमा हुने दोस्रो संस्करणको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ लाई लक्षित गर्दै सारा सेवा आफ्ना विशेष अफरहरु सार्वजनिक गरेको छ । रियल–स्टेटको क्षेत्रमा काम गर्दै आएको सारा सेवाले फेस्टमा अवलोकन गर्न आउने दर्शकहरुका लागि विशेष अफर ल्याएको हो ।

पहिलो अफरका रुपमा सारा सेवाले ‘फेस्टिभल अफर’ अघि सारेको छ । यो अफर मार्फत सम्पत्ति खरिद गर्ने ग्राहकहरूलाई विशेष सम्मान तथा सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । कम्पनीले सम्पत्ति खरिद मूल्यको आधारमा घरेलु तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू उपलब्ध गराउने योजना अघि सारेको हो, जसअन्तर्गत १ करोड रुपैयाँसम्मको सम्पत्ति किन्ने ग्राहकका लागि पर्यटकीय शहर पोखरास्थित रुपाकोट रिसोर्टमा २ रात÷३ दिनको कपल प्याकेज, १ देखि ३ करोड रुपैयाँसम्मको प्रोपर्टी खरिदकर्ताका लागि दिल्ली, जयपुर र आग्रासहितको ५ रात÷६ दिनको प्रिमियम भारत कपल टुर, ३ देखि ५ करोडसम्मको सम्पत्ति खरीद गर्नेहरूका लागि ४ रात/५ दिनको थाइल्यान्ड कपल टुर, र ५ करोडभन्दा माथिको सम्पत्ति खरिदकर्ताका लागि ७ रात÷७ दिनको भियतनाम तथा थाइल्यान्डको भ्रमण उपलब्ध गराइनेछ ।

Bizshala
New Office
CG Motors

राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को प्रोपर्टी पार्टनर समेत रहेको सारा सेवाले ग्राहकको लगानीलाई सम्मान गर्दै, सम्पत्ति खरिदलाई मात्र वित्तीय निर्णय नभई स्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले यस्तो विशेष अफर सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार, यस प्रकारको सुविधाले सम्पत्ति किन्ने ग्राहकलाई प्रत्यक्ष लाभ दिने मात्र नभइ रियल–स्टेट कारोबारमा सन्तुष्टि, सुरक्षित लगानी र दीर्घकालीन सम्बन्ध निर्माणमा सहयोग पुग्नेछ ।

यस्तै, सारा सेवाले पर्व महिनाभरका लागि उल्लेखनीय छुट योजना पनि सार्वजनिक गरेको छ, जसले सम्पत्ति खरिद तथा सम्पत्ति–प्रमोशन सेवामा थप सहजता र प्रोत्साहन प्रदान गर्नेछ । आगामी पुस महिनामा हुने प्रोपर्टी डिलमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ । साथै, पुस १२ देखि १५ का बीचमा आफ्नो सम्पत्ति विक्रिका लागि गरिने विज्ञापन सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ, भने सम्पूर्ण महिनाभर बुक गरिने सबै विज्ञापनहरूमा २५ प्रतिशत छुट लागू हुनेछ ।

कम्पनीका अनुसार, यस अभियानले सम्पत्ति खरीद–बिक्रीमा सक्रिय ग्राहक र व्यवसायिक साझेदारहरूलाई थप आर्थिक राहत, दृश्यता तथा पहुँच विस्तारमा सहयोग गर्नेछ । सारा सेवाले आफ्नो सेवामा निरन्तर सुधार र ग्राहक–सन्तुष्टिलाई प्राथमिकता दिँदै, यो फेस्टिवल अफरलाई वर्षकै सबैभन्दा आकर्षक योजनाका रुपमा अघि सारेको जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

पुसमा १२ देखि १५ गतेसम्म हुने “घर निर्माण फेस्ट २०८२” को देस्रो संस्करणमा १ सय ५० बढी स्टल प्रदर्शनीमा रहने छन्। घर निर्माण फाउण्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा फेस्ट हुन लागेको हो । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो।

‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रूपमा अवलोकन गर्ने अनुमान गरिएको छ । योपटकको घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै पनि निर्माणको तयारीदेखि निर्माणसम्पन्न नहुँदा सम्मका सबै चरणहरुको प्रत्यक्ष प्रदर्शनी गरिने छ । यस पटकको प्रदर्शनीमा विभिन्न ४० वटा इन्जिनियरिङ कलेजले तयार पारेका थ्री डी मोडलको प्रदर्शनी समेत हुनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.