मंगलवार, जेष्ठ ५,२०८३ 02:57:21
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:57:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धौलागिरि बिजनेस लिंकद्वारा बाटिक शोः द फ्युजन एडिसन सम्पन्न

Laxmi Sunrise Bank Limited
धौलागिरि बिजनेस लिंकद्वारा बाटिक शोः द फ्युजन एडिसन सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रालिले द सोल्टी काठमाण्डौमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ ।

यस संस्थाले विगत ४० वर्षदेखि नेपाली बजारमा नयाँ डिजाइन सहित उचित मूल्यमा भरपर्दो गुणस्तरका कपडाहरु प्रदान गर्दै आइरहेको छ । द सोल्टिको मेघा–मलार हलमा निति शाहा, सनिशा भट्टराई, प्रेमा लमगाडे लगायत अन्य चर्चित मोडल अनि कलाकारले ¥याम्प वाल्क सहित यस नयाँ सेटको प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनीमा नेपाली साँस्कृतिक पोषाक एवम् परम्परालाई आधुनिक फेशनसँग मिश्रित गरी प्रास्तुत गरिएको पाइन्छ ।

Bizshala
New Office
CG Motors

कम्पनिको प्रतिनिधि गर्दै अनुप गोयल भन्छन्, ‘आजको कार्यक्रमले मौलिक नेपाली फेसनलाई झल्काउनका साथै सबैमाझ एक आरामदायी, किफायती अनि झनझट रहित सहजै लगाउन मिल्ने पोषाक लिएर आउने प्रयत्न गरेको छ ।’

प्रस्तुत गरिएका डिजाइनर कपडाहरु शतप्रतिशत उच्च गुणस्तरको सुतीबाट बनाइएको वहाँको भनाइ छ भने यसमा वातावरण मैत्री अनि सुरक्षित डाइको प्रयोग भएको उनले बताएका छन् । दैनिक प्रयोजनका लागि सो कपडा अत्यन्तै सहज रहेको अनि यो सबै वर्गका उपभोक्ताका लागि किफायती रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

डिजाइनरहरू सनिशा जोशी, रीजा मानन्धर र लिलम चौधरीले प्रस्तुत गरेका कलेक्सनहरूमा परम्परागत बाटिकलाई आधुनिक फ्युजन सिलुएटसँग जोडिएको देख्न सकिन्थ्यो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.