मंगलवार, माघ २०,२०८२ 02:12:15
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:12:15
Bizshala
Global IME Bank Limited
Bizshala

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाण्डौको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका थिए ।

५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ । यो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई निकै उपयोगी मानिएको छ । नेपालभरिमा कम्पनीका ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरु छन् । यसका स्पेयर पार्ट्सको मूल्यको अरु ईभीको तुलनामा ८० प्रतिशत कम पर्छ ।

सो अवसरमा कम्पनीले ईभी बारेको मिथक र भावी प्रभावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा सवारीधनीका मुख्य चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराए । उनले नेपाल भित्र्याइएको विद्युतीय सवारी (ईभी) प्रविधिको विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा पनि विश्वसनीयता सुनिश्चित गर्ने बताए ।

Bizshala
Garima Development Bank
New Office

अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले वातावरणसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतले घटाउने बताए । उनले एउटा मात्र डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा पनि काठमाडौं जस्ता सहरी क्षेत्रको वायु गुणस्तरमा ठूलो सकारात्मक प्रभाव पर्ने बताए ।

कम्पनीका बिजनेस हेड चन्दन रौनियारले विस्तृत लागत–लाभ विश्लेषण प्रस्तुत गरे । उनले सुरुवाती लगानी पेट्रोल वा डिजेल गाडीको तुलनामा केही फरक भए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अतुलनीय रहेको प्रष्ट पारे । उनले अनुमानित रिसेल मूल्यबारे चर्चा गर्दै भने, ‘इन्धनमा आधारित बजार खुम्चिँदै जाँदा सेकेन्ड–ह्यान्ड विद्युतीय सवारीको माग र मूल्य दुवै उच्च रहनेछ ।’

मेकानिकल इन्जिनियर दीपक शर्माले विद्युतीय सवारीको मेकानिक्सबारे जानकारी गराएका थिए । ‘ईभीमा इन्धन गाडीको तुलनामा चलायमान पार्टपुर्जाहरू कम हुने भएकाले मर्मत खर्च ६०% भन्दा बढीले कम हुन्छ,’ उनले भने । उनले यसमा आयल चेन्ज, स्पार्क प्लग र जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

खरिदकर्तामा हुने ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले ब्याट्री रिसाइक्लिङमा भएका प्रगति र घट्दो प्रतिस्थापन लागतबारे चर्चा गरे । उनले आधुनिक ईभी ब्याट्रीहरू गाडीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र रिसाइक्लिङ कार्यक्रमहरूले ‘चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक र इन्जिनियरहरू ल्याएर विद्युतीय सवारीचालक र सवारीधनीलाई ईभीका विविध पक्षबारे जानकारी गराउन यस्ता कार्यशालाहरू आयोजना गर्दै जाने बताए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.