मंगलवार, जेष्ठ ५,२०८३ 05:38:09
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:38:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

Laxmi Sunrise Bank Limited
ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा
Shivam Cement

काठमाण्डौ । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पुरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मलनमार्फत जानकारी गराएको छ ।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

Bizshala
New Office
CG Motors

ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले बताए । साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहने छ ।

एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पु¥याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्धनमा सघाउ पुग्ने आयोजकले जनाएको छ । 

यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीहरुलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रर्दशन गरिने छ ।

प्रथम पटक हुन गैरहेको यस एक्स्पोले अहिलेको नेपालको परिस्थितीमा आर्थिक चलाएमान गर्न र नेपालमा उत्पादन भएका सामानहरु अन्तराष्ट्रिय बजारमा पु(याउन र विभिन्न देशको उत्कृष्ट व्यवसायीहरु सँग सामिप्यबाट समग्र ललितपुरको आर्थिक स्थिति सुदृढ हुने विश्वास गर्न सकिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.