मंगलवार, जेष्ठ ५,२०८३ 06:51:40
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:51:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाण्डौमा सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाण्डौमा सम्पन्न
Shivam Cement

काठमाण्डौ । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कलाप्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रदर्शनीको उद्घाटन पुस ९ गते काठमाण्डौको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा औपचारिक समारोहबीच सम्पन्न भएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नाफाका कुलपति नारदमणि हार्तम्छालीले कला प्रदर्शनी संस्कृतिगत समझदारी, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे ।

उद्घाटन समारोहमा प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले स्वागत मन्तव्य राख्दै कला भूगोल, विचारधारा र पहिचानको सीमाभन्दा माथि उठ्ने सार्वभौमिक भाषा भएको उल्लेख गरे ।

Bizshala
New Office
CG Motors

चित्रकार यादवले नेपाल, बंगलादेश, भारत, मौरिससलगायतका मुलुकका कलाकारका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा समेटिएको जानकारी दिँदै यसले सांस्कृतिक विविधता, साझा मानवीय मूल्य र कलात्मक संवाद प्रतिबिम्बित गरेको बताए ।

साथै उनले प्रदर्शनी आयोजक संस्था आर्ट हब, ढाका (बंगलादेश) तथा सह–आयोजक मिथिला आर्ट फाउन्डेसन, काठमाडौंप्रति आभार व्यक्त गरे ।

प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान (बंगलादेश)ले पनि आफ्नो धारणा राख्दै सीमा पार कलात्मक सहकार्यको महत्व औँल्याए । उनले नेपाल–बंगलादेशबीच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताए ।

बंगलादेशी चित्रकारहरुको तर्फबाट फाहमिदा एनाम काकोलीले प्रदर्शनी सफलताको कामना गर्दै आफ्नो धारणा राखेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

वरिष्ठ मिथिला चित्रकार विभा लालले धन्यवाद ज्ञापन गर्दै आयोजक, सहभागी चित्रकार, सहयोगी तथा दर्शकप्रति कृतज्ञता व्यक्त गरे । उद्घाटन समारोहको सञ्चालन तथा संयोजन सहभागी चित्रकार सुभाद्री सुभाले गरेका थिए ।

उद्घाटन समारोहमा कला, साहित्य र संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागी हुनेहरूमध्ये वरिष्ठ साहित्यकार दम्पती धिरेन्द्र प्रेमर्षि र रूपा झा, मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरी, नाफाका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नाफाका परिषद् सदस्यहरू दिनेश्वर महतो, अरुणा हिङमाङ्ग, प्रदीप अधिकारी ‘सुसान्त’, सौरगंगा दर्शनधारीका साथै वरिष्ठ चित्रकार तथा पत्रकार केशव राज खनाल सहभागी थिए ।

यस अवसरमा वरिष्ठ साहित्यकार धिरेन्द्र प्रेमर्षि र नाफाका परिषद् सदस्य अरुणा अरुणा हिङमाङ्गले आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय स्तरको कलात्मक मञ्च सिर्जना गरिएकोमा आयोजकहरुको प्रशंसा गरे ।

विभिन्न देशका कलाकारलाई एउटै छानामुनि ल्याउन सफल भएको उल्लेख गर्दै उहाँहरूले यस्ता प्रदर्शनीले सांस्कृतिक कूटनीति प्रवद्र्धन गर्नुका साथै नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उद्घाटन समारोहको विशेष आकर्षणका रूपमा प्रदर्शनीमा सहभागी चित्रकारहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि नारदमणि हार्तम्छाली र वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षिले संयुक्त रूपमा कलाकारहरूलाई प्रमाणपत्र, क्रेस्ट तथा प्रदर्शनी क्याटलग प्रदान गर्दै उनीहरूको सिर्जनात्मक योगदानको कदर गरे ।

कार्यक्रमको अर्को प्रमुख आकर्षण पुस १० गते सम्पन्न कला कार्यशाला थियो, जसको संयोजन प्रदर्शनी संयोजक तथा मिथिला चित्रकार रञ्जु यादवले गरेका थिए । कार्यशालामा नेपालका नौ जना र बंगलादेशका छ जना चित्रकारहरु  सहभागी भएका थिए ।

कार्यशालाले सिर्जनात्मक अन्तक्र्रिया, साझा सिकाइ र कलात्मक प्रयोगका लागि जीवन्त मञ्च प्रदान गरेको सहभागीहरूको भनाइ थियो । कलाकारहरूले विविध प्रविधि र विषयवस्तुमा काम गर्दै व्यावसायिक सम्बन्ध र सांस्कृतिक समझदारीलाई अझ सुदृढ बनाएका थिए ।

तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी पुगेका थिए । प्रकृति, संस्कृति, पहिचान, सामाजिक चेतना, अधिकार  र समसामयिक यथार्थ झल्किने कलाकृतिहरूले दर्शकको ध्यान आकर्षित गरेको थियो । कला प्रेमीरूले प्रदर्शनीको अन्तर्राष्ट्रिय स्वरूप र दृश्य कलामार्फत सांस्कृतिक आदान–प्रदान प्रवद्र्धनमा यसको भूमिकाको प्रशंसा गरेका थिए ।

नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ पुस ११ गते सम्पन्न भएसँगै नेपालको अन्तर्राष्ट्रिय कला क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको र छिमेकी तथा मित्र राष्ट्रहरूसँगको कलात्मक सहकार्य थप सुदृढ भएको जनाइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.