आईतवार, जेष्ठ ३,२०८३ 10:39:25
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:39:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश

Laxmi Sunrise Bank Limited
महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश
Shivam Cement

काठमाण्डौ। महालेखा नियन्त्रक कार्यालयले आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश गरेको छ । कार्यालयका तर्फबाट महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण पुस १४ गते अर्थ मन्त्रालयमा माननीय अर्थ मन्त्री रामेश्वरप्रसाद खनालसमक्ष तथा महालेखापरीक्षकको कार्यालयमा माननीय महालेखापरीक्षकसमक्ष पेश गरेका हुन् ।

नेपालको संविधान, प्रचलित ऐन तथा अन्य कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालन तथा एकीकृत वित्तीय विवरण र प्रतिवेदन पेश गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयमा निहित रहेअनुसार तोकिएको कानूनी समयसीमाभित्रै उक्त विवरण र प्रतिवेदन पेश गरिएको हो।

Bizshala
New Office
CG Motors

नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुसार तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरूका साथै बजेट प्रणाली बाहिर रहेका (एक्स्ट्रा बजेटरी) निकायहरूले प्रचलित कानूनबमोजिम पेश गर्नुपर्ने विवरणहरू समावेश गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको सञ्चित कोष रु १ खर्ब ८ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक देखिएको छ। तथापि, सो अवधिमा नगद अवस्था भने रु १ खर्ब ४ अर्ब १३ करोड ८४ लाखले धनात्मक रहेको छ। साथै, सङ्घ, प्रदेश, स्थानीय सरकारहरू तथा एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषहरूको मौज्दातलाई आधार मान्दा नगद तथा बैंक मौज्दात कुल रु १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहेको देखिएको छ।

उक्त एकीकृत वित्तीय विवरणले सरकारी वित्तीय अवस्था, नगद प्रवाह र कोष व्यवस्थापनको समग्र चित्र प्रस्तुत गर्ने विश्वास लिइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.