सोमबार, जेष्ठ ४,२०८३ 09:02:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:02:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टिङटिङले सार्वजनिक गर्‍यो चार एआई प्रडक्ट, यस्ता छन् विशेषता

Laxmi Sunrise Bank Limited
टिङटिङले सार्वजनिक गर्‍यो चार एआई प्रडक्ट, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो ।

‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ । यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ ।

टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।

Bizshala
New Office
CG Motors

व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको हो । ‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,’ कम्पनीले भनेको छ । 

अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ। 

यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।

प्रविधिमा नयाँ फड्को

टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ । अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ ।

यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ।

यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ।

Garima Development Bank
Shivam Cement
IME remit

टिङटिङ भ्वाइस 

यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट-टु-स्पीच इन्जिन हो। टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ।

टिङटिङ टेक्स्ट 

नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउने सुनिश्चित गर्छ।

टिङटिङ फर्म्स 

ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ। एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन।

टिङटिङ एजेन्ट्स 

लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ। 

२०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीको दाबी छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.