मंगलवार, जेष्ठ ५,२०८३ 06:46:45
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:46:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खुलासा: अमेरिकाले आक्रमण गर्दा चिनियाँ राष्ट्रपतिका विशेष दूतसँग बैठक सकेर निवास पुगेका थिए राष्ट्रपति मादुरो

Laxmi Sunrise Bank Limited
खुलासा: अमेरिकाले आक्रमण गर्दा चिनियाँ राष्ट्रपतिका विशेष दूतसँग बैठक सकेर निवास पुगेका थिए राष्ट्रपति मादुरो
Shivam Cement

काराकास /वासिङ्टन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष दूत किउ श्याओछीको नेतृत्वमा आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँग काराकासमा गोप्य बैठक गरेको केही घण्टा नबित्दै अमेरिकी सेनाले ठूलो सैन्य कारबाही गर्दै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका खुलेको छ ।

यो बैठकमा चिनियाँ राजदूत लान हु, विदेश मन्त्रालयका ल्याटिन अमेरिका विभागका निर्देशक लिउ बो लगायतका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।  

बैठकको विषयवस्तु सार्वजनिक नभए पनि भेनेजुएला चीन सम्बन्ध मजबुत बनाउने र आर्थिक सहयोगबारे छलफल भएको अनुमानसहित विभिन्न अन्तराष्टिय मिडियाहरुमा समाचारहरु प्रकाशन भएका छन् ।  

Bizshala
New Office
CG Motors

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्,'अमेरिकाले भेनेजुएला र यसका नेतृत्वविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सफलतापूर्वक सम्पन्न गरेको छ। मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको छ। यो अभियान कानुन प्रवर्तन एजेन्सीहरूसँग सहकार्यमा गरिएको हो।'

काराकासमा आज बिहान कम्तीमा सातवटा शक्तिशाली विस्फोटनहरू भएका थिए। स्थानीयहरूले धुवाँका मुस्ला र कम उडान गर्ने विमानहरू देखेका छन्। अमेरिकी विशेष फौजको डेल्टा फोर्सले यो पक्राउ अभियान सञ्चालन गरेको बताइएको छ।

भेनेजुएलाको सरकारले यो कारबाहीलाई ूसाम्राज्यवादी आक्रमणू भन्दै कडा निन्दा गरेको छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो दम्पतीको ूजीवनको प्रमाणू माग गर्नुभएको छ र राष्ट्रिय संकटकाल घोषणा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यो कारबाही मादुरोमाथि लागुऔषध तस्करी र आतंकवादसम्बन्धी अमेरिकी आरोपहरूको आधारमा भएको बताइएको छ। मादुरोलाई अमेरिकामा मुद्दा चलाउने तयारी छ।

विश्वभरबाट मिश्रित प्रतिक्रिया आएका छन्। रुस, इरानजस्ता देशहरूले निन्दा गरेका छन् भने केही देशहरूले मौनता अपनाएका छन्। ट्रम्पले आज मार अ लागोमा पत्रकार सम्मेलन गरी थप विवरण दिने बताएका छन् ।  

यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो हलचल ल्याएको छ। थप अपडेट आउन बाँकी छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.