मंगलवार, जेष्ठ ५,२०८३ 06:01:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:01:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकी ‘भिक्टोरिस’ नेपाली बजारमा

Laxmi Sunrise Bank Limited
‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकी ‘भिक्टोरिस’ नेपाली बजारमा
Shivam Cement

काठमाण्डौ । सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले अत्याधुनिक प्रविधि, उच्च सुरक्षास्तर र प्रिमियम सुविधासहितको नयाँ एसयूभी ‘भिक्टोरिस (VICTORIS)’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। 

फ्युचरिस्टिक डिजाइन, आरामदायी इन्टेरियर र स्मार्ट टेक्नोलोजीको संयोजनका रूपमा प्रस्तुत गरिएको यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ  

Bizshala
New Office
CG Motors

भिक्टोरिसमा स्ट्रङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल तथा ALLGRIP Select (४x४) जस्ता पावरट्रेन विकल्प उपलब्ध छन्। म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध यस गाडीमा लेभल–२ एडास (ADAS) प्रविधि जडान गरिएको छ, जसले ड्राइभिङ सुरक्षालाई थप सुदृढ बनाउँछ। अन्तर्राष्ट्रिय सुरक्षास्तर पुष्टि गर्दै भिक्टोरिसले ५-स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङ समेत प्राप्त गरिसकेको छ ।

उच्च प्रविधि र शक्तिशाली प्रदर्शनका कारण यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि पनि जित्न सफल भएको छ। सीजी मोटोकर्पले भिक्टोरिसको प्रारम्भिक मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ। साथै, पहिलो ५० बुकिङका लागि २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको सीमित अवधिको लन्च अफर पनि ल्याइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करन कुमार चौधरीले आधुनिक नेपाली ग्राहकहरू प्रविधिप्रेमी र वातावरणप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उनीहरूको चाहना पूरा गर्न भिक्टोरिस ल्याइएको बताए। ‘ल्याटिन भाषामा भिक्टोरिसको अर्थ ‘विजय’ हो। यसको पाँचतारे सुरक्षा र हाई–टेक फिचरले ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

फिचरका हिसाबले भिक्टोरिसमा हरमन (इन्फिनिटी) को ८-स्पिकर प्रिमियम साउन्ड सिस्टम, डोल्बी एटमस ५.१, १०.१ इन्चको स्मार्टप्ले प्रो एक्स टचस्क्रिन, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६४ रङको एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ह्यान्ड्स-फ्री पावर टेलगेट लगायतका सुविधा छन्। सुरक्षातर्फ ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अल–ह्विल डिस्क ब्रेक जस्ता फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ ।

डिजाइनतर्फ एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प, ‘एयरो कट’ एलोय ह्विल र प्यानोरामिक सनरुफ भिक्टोरिसका प्रमुख आकर्षण हुन्। १० आकर्षक रङ विकल्पसहित उपलब्ध यो एसयूभी नेपाली बजारमा प्रिमियम सेग्मेन्टमा कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.