मंगलवार, जेष्ठ ५,२०८३ 02:25:42
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:25:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेनजी आन्दोलनमा २ अर्ब ८१ करोड बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनमा २ अर्ब ८१ करोड बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट
Shivam Cement

काडमाण्डौ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा चोरी, आगजनी र तोडफोडबाट कुल २ अर्ब ८१ करोडभन्दा बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट भएको प्रतिवेदनले देखाएको छ।

विशेष गरी, नगदको ठूलो भाग आगजनीबाट नष्ट भएको छ भने बहुमूल्य धातु जस्तै सुन, चाँदी, हिरा र मोतीमा चोरीबाट ठूलो क्षति पुगेको छ। निजी प्रतिष्ठानले व्यहोरेको क्षतिको मात्र २.६ प्रतिशत भएपनि, घरपरिवार र समुदायका लागि यो ठूलो आर्थिक धक्का सावित भएको छ।

Bizshala
New Office
CG Motors

प्रतिवेदनअनुसार, घरपरिवारमा सुन, चाँदी, हिरा र मोतीमा रु ७५ करोड, नगदमा रु १२ करोड र अन्य बहुमूल्य वस्तुमा रु ७ करोड बराबरको नोक्सानी भएको छ। चोरीबाट सबैभन्दा बढी क्षति भएको छ भने आगजनी र तोडफोडले पनि ठूलो भाग ओगटेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

विशेषज्ञहरूले यस घटनाले सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता औंल्याएका छन्। ‘आन्दोलन वा असहमतिका बेला व्यक्तिगत र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने योजना बनाउन जरुरी छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

अन्तरिम सरकारले तयार पारेको क्षति मूल्यांकन र सार्वजनिक संरचना पुनर्निर्माण योजना अनुसार, क्षतिको वास्तविक दृष्य यस रिपोर्टमार्फत सबैसामु आएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.