मंगलवार, माघ २०,२०८२ 03:34:06
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 03:34:06
Bizshala
Global IME Bank Limited
Bizshala

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सेयर बजार बन्द रहने

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सेयर बजार बन्द रहने
Shivam Cement

काठमाण्डौ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए। उनको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष पौष २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।

जन्मजयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको छ। यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने परम्पराअनुसार कार्यक्रम आयोजना गर्दै आएको छ ।

Bizshala
Garima Development Bank
New Office

शाहको जन्मस्थान गोरखा जिल्लामा पनि हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाइँदैछ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो। उनले २० वर्षको उमेरमा गद्दी आरोहण गरी आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना गर्दै एकीकरण अभियान अघि बढाएका थिए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

शाहको विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने प्रेरणा दिने विश्वास लिइएको छ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.