सोमबार, जेष्ठ ४,२०८३ 11:49:29
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:49:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिल गेट्सद्वारा पूर्व पत्नी मेलिन्डाको संस्थालाई करिब ८ अर्ब डलर दान

Laxmi Sunrise Bank Limited
बिल गेट्सद्वारा पूर्व पत्नी मेलिन्डाको संस्थालाई करिब ८ अर्ब डलर दान
Shivam Cement

काठमाण्डौ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सद्वारा सञ्चालित परोपकारी संस्था पिभोटल फिलान्थ्रोपीज फाउन्डेसनलाई करिब ८ अर्ब अमेरिकी डलर दान गरेका छन्। सन् २०२४ को अन्त्यतिर गरिएको यो दान हालै सार्वजनिक भएको संस्थाको कर विवरणबाट खुलासा भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लूमबर्गका अनुसार यो रकम बिल र मेलिन्डाबीच भएको १२.५ अर्ब डलरको वित्तीय सम्झौता अन्तर्गत प्रदान गरिएको हो, जुन अब पूर्ण रूपमा सम्पन्न भएको छ। यसलाई पछिल्ला वर्षहरूमा गरिएको सबैभन्दा ठूलो दानमध्ये एक मानिएको छ।

Bizshala
New Office
CG Motors

पिभोटल फिलान्थ्रोपीज फाउन्डेसनकी संस्थापक मेलिन्डा फ्रेन्च गेट्सले सन् २०२२ को अन्त्यमा उक्त संस्थाको स्थापना गरेकी थिइन्। संस्थाले सन् २०२४ मा मात्र शिक्षा, महिला सशक्तीकरण र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न क्षेत्रमा ८७५ मिलियन डलर बराबरको अनुदान वितरण गरेको जनाएको छ। मेलिन्डाले मे २०२४ मा आधिकारिक रूपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने निर्णय गरेकी थिइन्।

बिल र मेलिन्डाको वैवाहिक सम्बन्ध सन् २०२१ मा अन्त्य भएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

सम्बन्ध विच्छेदको कारण बिल गेट्स र माइक्रोसफ्टकी एक महिला कर्मचारीबीचको कथित सम्बन्ध सार्वजनिक भएपछि दम्पतीबीचको सम्बन्ध बिग्रिएको बताइन्छ। सन् २०१९ मा उक्त कर्मचारीले माइक्रोसफ्टको बोर्डमा पत्र पठाउँदै सन् २००० देखि सम्बन्ध रहेको दाबी गरेकी थिइन्। बोर्डले छानबिनपछि सम्बन्धलाई अनुचित ठहर गरेको थियो। यसै क्रममा बिल गेट्सले मार्च २०२० मा माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएका थिए।

सम्पत्ति विवरण ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार हाल बिल गेट्सको कुल सम्पत्ति ११८ अर्ब डलर रहेको छ र उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १६औँ स्थानमा छन्। मेलिन्डा फ्रेन्च गेट्सको कुल सम्पत्ति १७.६ अर्ब डलर रहेको अनुमान गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.