मंगलवार, माघ २०,२०८२ 12:48:26
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 12:48:26
Bizshala
Global IME Bank Limited
Bizshala

बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित

बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
Shivam Cement

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

अवार्डले पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन पहिचान सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले निरन्तर गर्दै आएको प्रवर्द्धनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बोर्डले जनाएको छ । पूर्वी हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (ईएचटिटिओए) द्वारा आयोजित बीटीएम पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मञ्च मानिन्छ, जहाँ भारत, नेपाल,भुटान र बंगलादेशका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला सहभागी थिए ।

बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डसँगै नेपालका ट्राभल ट्रेड कम्पनीहरू तथा कोशी र मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । तीनदिने कार्यक्रमका क्रममा नेपालका प्रदर्शकहरूले पश्चिम बंगाल लक्षित विशेष पर्यटन प्याकेज, सेवा र गतिविधिहरू प्रस्तुत गर्दै भारतीय र भुटानी खरिदकर्तासँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पाएका हुन् । नेपाल स्टलमार्फत कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिइएको थियो भने ट्राभलर्स इन्फर्मेसन, नक्सा, पोस्टर र स्मरणिकासहितका प्रचार सामग्री वितरण गरिएको थियो ।

Bizshala
Garima Development Bank
New Office

नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्गविक्रम शाह तथा सहयोगी कर्मचारी सुरेन्द्र सिंह लामा सहभागी थिए । मार्ट सुरु हुनुअघि जनवरी ७ मा सिलिगुडी जर्नालिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक लामिछानेले स्थानीय सञ्चारमाध्यमलाई नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए ।

कार्यक्रमको औपचारिक उद्घाटनका अवसरमा बोल्दै वरिष्ठ निर्देशक लामिछानेले नेपालका विविध पर्यटन उत्पादनबारे प्रकाश पार्नुका साथै ‘भिजिट कोशी वर्ष–२०८२’ र ‘भिजिट मधेश–२०८३’ को सन्दर्भ उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

जनवरी १० को साँझ ‘नेपाल नाइट सांस्कृतिक कार्यक्रम’ आयोजना गरी भारतीय पर्यटकहरूका लागि नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो । कार्यक्रममा वरिष्ठ निर्देशक लामिछानेले स्वागत मन्तव्य दिँदै आगामी बिदामा नेपाल भ्रमण गर्न आग्रह गरे भने वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगालसँग जोडिने सीमावर्ती क्षेत्र, कोशी र मधेश प्रदेशसहित नेपालका प्रमुख आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

मैत्रीपूर्ण सद्भावका रूपमा नेपाल पर्यटन बोर्ड, कोशी र मधेश प्रदेशका टोलीले सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागकी अतिरिक्त सचिव डा. प्रेरणा चाम्लिङ, भुटान पर्यटन विभागका मार्केटिङ प्रबन्धक कर्मा वाङ्दी, बीटीएमका अध्यक्ष सन्दीपा घोष तथा ईएचटिटिओएका अध्यक्ष सुरेश ठाकुरीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए । नेपाल पर्यटन बोर्डले बीटीएम–२०२६ मार्फत नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन उपस्थिति विस्तार गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.