मंगलवार, माघ २०,२०८२ 02:12:42
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:12:42
Bizshala
Global IME Bank Limited
Bizshala

नेपालको नानो सेटेलाइट ‘मुनाल’ निर्धारित कक्षमा पुग्न असफल, ‘मुनाल–टु’ निर्माण गरिने

नेपालको नानो सेटेलाइट  ‘मुनाल’ निर्धारित कक्षमा पुग्न असफल, ‘मुनाल–टु’ निर्माण गरिने
Shivam Cement

काठमाण्डौ । नेपालले हालै प्रक्षेपण गरेको नानो भूउपग्रह ‘मुनाल’ अन्तरिक्षको निर्धारित कक्ष (अर्बिट)मा स्थापित हुन असफल भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल तथा भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको उक्त भूउपग्रह प्राविधिक समस्याका कारण लक्ष्यित अर्बिटमा प्रवेश गर्न नसकेको हो।

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन(इसरो) को सहकार्यमा सोमबार बिहान करिब १०ः३० बजे श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘मुनाल’ प्रक्षेपण गरिएको थियो। नास्टका अनुसार भूउपग्रह करिब ४६० किलोमिटर उचाइसम्म पुगेको भए पनि रकेटको तेस्रो चरणमा देखिएको प्राविधिक समस्याका कारण उडान विचलित भएको थियो।

Bizshala
Garima Development Bank
New Office

करिब १.३ केजी तौलको ‘मुनाल’ नानो भूउपग्रह काठमाण्डौ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरूको सहभागितामा निर्माण गरिएको हो।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

‘मुनाल’ भूउपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण र प्रशोधनका लागि प्रयोग गर्ने उद्देश्यका साथ विकास गरिएको थियो।

यस असफलतापछि नास्टले आवश्यक प्राविधिक परिमार्जनसहित ‘मुनाल–टु’ भूउपग्रह निर्माण गर्ने निर्णय गरेको छ। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.