सोमबार, जेष्ठ ४,२०८३ 08:28:55
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:28:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा विस्तार

Laxmi Sunrise Bank Limited
एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा विस्तार
Shivam Cement

काठमाण्डौ । नेपालको एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्ट्रेलियामा आफ्नो उपस्थिती जनाएको हो ।

डिजीस्कूूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूूललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भईरहेको जानकारी दिए । विद्यार्थीहरुलाई विद्यालय तह देखिनै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साईबर सुुरक्षा र डेटा साईन्स जस्ता विषयहरुमा दक्ष बनाउने डिजी स्कूलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

Bizshala
New Office
CG Motors

डिजी स्कूूल अष्ट्रेलियामार्फत विद्यालयतहका विद्यार्थीहरुलाई भर्जुअल माध्यामबाट आईटी तथा कोडिङ शिक्षा उपलव्ध गराईने अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरुमा ग्लोबल आईटी सर्टिफिकेशन कार्यक्रमहरु शुरु गरिनेछ, जसले अष्ट्रेलियाका विद्यार्थीहरुलाई  अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त  सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सहयोग पुु¥याउनेछ, ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युुगमा आईटी शिक्षा महत्वपूूर्ण रहेको बताए । आईटी शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत देशको अर्थतन्त्रमा महत्वपुुर्ण योगदान पुर्याउन सकिने मल्लको भनाई छ ।

Garima Development Bank
Shivam Cement
IME remit

अष्ट्रेलियामा आयोजित डिजी स्कूल सुुभारम्भ कार्यक्रममा प्रमुुख कार्यकारी अधिकृत राजुु बानियाले आईटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

अष्ट्रेलियामा आयोजित शुुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरुका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय विस्तारसंगै डिजी स्कूल ले विश्वभरका बालबालिकालाई भविश्य उन्मुुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.