सोमबार, जेष्ठ ४,२०८३ 03:11:20
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:11:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा ‘एलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ आयोजना गरेको छ।

कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो, उहाँले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको ‘टुगेदर वि आर स्ट्रङ्गर’ शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीहरूमा उत्साह थपेको थियो। त्यस्तै, पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभवहरू साझा गरे।

औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क (पूर्व प्रोडक्ट हेड गुगल) ले पेशागत नेटवर्कको महत्त्व दर्शाएका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रमको समापन गर्दै द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्वविद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए। उनले नयाँ एलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै, यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको थियो।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.