काठमाण्डौ । अमेरिका र इरानबीचको बढ्दो तनावका बीच नेपाल सरकारले इरान भ्रमण गर्ने योजना बनाएका वा हाल त्यहाँ रहेका नेपाली नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, इरानमा रहेका नेपालीले सकेसम्म छिटो स्वदेश फर्किनुपर्ने सल्लाह दिइएको छ भने नयाँ यात्राको योजना तत्काल स्थगित गर्न भनिएको छ।
मन्त्रालयले इरानस्थित नेपाली नागरिकलाई आफ्ना पासपोर्ट, परिचयपत्र लगायतका महत्वपूर्ण कागजात सहज पहुँच हुने स्थानमा राख्न र आवश्यक परे नेपाल वा नजिकैको दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ।
यस सम्बन्धमा थप जानकारीकालागि विदेश मन्त्रालय, काठमाण्डौ र नेपालदूतावास, दोहा सम्पर्क गर्न सकिन्छ।
सम्पर्क विवरण:
विदेश मन्त्रालय, काठमाण्डौ
- फोन: +977-014200182-85 / +977-9862678437
- वैकल्पिक फोन: +977-14200480 / +977-9851354565
- इमेल: waa@mofa.gov.np / informationofficer@mofa.gov.np
नेपाल दूतावास, दोहा
- फोन: +974-6621 4419
- इमेल: eondoha@mofa.gov.np

