बिहीबार, असार १८,२०८३ 04:59:53
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:59:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार

Laxmi Sunrise Bank Limited
सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ५ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ५ अर्ब २० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ३४.०५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट ३ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले एक वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आवमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले लगानीको एक वर्ष पुरा भइसकेपछि बैंकहरुले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

यस्तो खालको व्यवस्थाअनुसार बैंकहरुले सेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको कारोबार विशेषगरी डलरको खरिद बिक्री गरी त्यसबाट हुने आम्दानी समेत यस्तो सूचकमा जोडेका हुन्छन् ।  

तर बैंकहरुको डलर सटहीबाट हुने आम्दानी भन्दा सेयरमा गरिएको लगानी आम्दानी बढी हुने भएकाले यो सूचकलाई मुख्यतः सेयरमा गरिएको लगानीबाट हुने आम्दानी बुझ्न सकिन्छ ।  

यसअघि एक वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशतमात्रै सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको सेयर बिक्रीमा खुकुलो नीति ल्याएकाले बैंकहरुको यस्तो आम्दानी बढ्न पुगेको हो ।  

चालु आवको दोस्रो त्रैमाससम्म सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६.७० प्रतिशत बढी हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, नबिल बैंकले ४६ करोड ४३ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४ करोड २४ लाख, लक्ष्मी सनराइज बैंकले ४० करोड ३८ लाख, हिमालयन बैंकले ३७ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३७ करोड १ लाख, सानिमा बैंकले ३२ करोड ७६ लाख, कुमारी बैंकले ३१ करोड ३१ लाख, प्रभु बैंकले ३० करोड ११ लाख, एभरेष्ट बैंकले २७ करोड ६९ लाख, एनएमबी बैंकले २४ करोड ७६ लाख, सिटिजन्स बैंकले २३ करोड १४ ला र सिद्धार्थ बैंकले १९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यसका साथै माछापुच्छ्रे बैंकले १७ करोड ३५ लाख, प्राइम कमर्सियल बैंकले १६ करोड ८३  लाख, नेपाल एसबीआई बैंकले १४ करोड २७ लाख, एनआइसी एशिया बैंकले ११ करोड ४० लाख, राष्ट्रिय वाणिज्य बैंकले ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्म कृषि विकास बैंकको यस्तो आम्दानी भने ११ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.