काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८३.०७ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यस्तै संस्थाले यो अवधिसम्म २१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.५२ प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी २ करोड ३० लाख रुपैयाँबाट बढेर ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २६ करोड ८८ लाख र सञ्चालन मुनाफा ८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवससम्म ३६ लाख ५७ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भ १९ करोड ६५ लाखबाट बढेर २० करोड २७ लाख रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा २ अर्ब १२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ८९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.२० प्रतिशत पुगेको छ । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ३ लाख रुपैयाँले रिभर्सल भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३२.५७ रुपैयाँ प्रतिसेयर नेटवर्थ १६९.९८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३३.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.७६ गुणा र तरलता अनुपात २.९९ प्रतिशत कायम भएको छ ।

