काठमाण्डौ । गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ निर्वाचित भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनी र अन्य दलका उम्मेदवारीबीच ठूलो मतान्तर देखिएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले भने १५ हजार ३९८ मत प्राप्त गरेका छन् । गुरुङले खत्रीलाई १४ हजार ४९८ मतान्तरले पछि पारेका हुन् ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत रहेको छ ।

