सोमबार, जेष्ठ ४,२०८३ 08:27:36
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:27:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा १०% विशेष छुट

Laxmi Sunrise Bank Limited
कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा १०% विशेष छुट
Shivam Cement

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।  

कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।

यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरेको हो ।

आज यस नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कपनमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र  डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरु, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Bizshala
New Office
CG Motors

यस नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन् ।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाहले भने, ‘बानेश्वर शाखामा उपभोक्ताहरुले करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौँको अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको हो । कपन र यस आसपासका उपभोक्ताहरुले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरु सहज रूपमा खरिद गर्न सक्नुहुनेछ। साथै आजको १० प्रतिशत छुटको अफरबाट भरपुर फाइदा लिन पनि हामी सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्दछौँ ।’

Garima Development Bank
Shivam Cement
IME remit

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरु उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।  

आफ्ना उत्पादनहरु नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरुमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.